रेशम पुनमगर
समय यसै पनि ढल्किन्छ । जन्मे देखि मृत्यु अबधिको जीवन कसरी बिताउने भन्ने कुरा महत्वपूर्ण हो र यो ब्याक्ति विशेष फरक रहने कुरा हो । विगत कसरी बित्यो त्यता तिर फर्किन चाहान्न म । तर मेरो भोगाइ के छ भने मान्छेले किताब पढेर पाएको ज्ञान भन्दा जीवनको भोगाइबाट आएको ज्ञान महत्वपूर्ण रहेछ । आज सम्मका सफल मान्छेका इतिहास हेर्ने र अध्यन गर्ने हो भने सफल मान्छे कहिले पनि बिगत तिर फर्खिन्नन वर्तमानमा रहेर भबिस्यको लक्ष्य चुम्ने गर्छन् । लक्ष्यको लागि संघर्ष गर्छन । फेरि लक्ष्य मात्र लिएर पनि नपुग्दो रहेछ । समाज अनुकुल रहनु पर्दो रहेछ । जबसम्म समाज परिवर्तन हुँदैन तबसम्म ब्यक्ति पनि रुपान्तरण हुन गाह्राे रहेछ । त्यसकारण पहिला समाजलाइ शान्ति, समुन्नत, समृद्ध बनाउँ र त्यसैमा रमाऔं ।
व्यक्ति जति सक्षम भएपनि समाज सक्षम भएन भने त्यो ब्यक्ति लक्ष्यमा पुगे पनि खुसी हुन सक्दैन । त्यसकाे अस्तित्व कम हुन्छ र सन्तुष्ट हुदैन । त्यसकारण कुनै पनि गाउँ, समाज, राष्ट्र र देशमा भएका युवा भनेका सो ठाउँका मेरुदण्ड हुन् । मेरुदण्ड कडा भएन भने पुरै शरिर चल्न सक्दैन । त्यस्तै युवालाइ पनि स्वस्थ बनाइएन भने समाज देश चल्न गाह्रो हुन्छ । चल्दै चल्दैन भनेको होइन अपाङ्ग हुन्छ । फेरि युवाहरु विकेन्द्रित भए भने अपुरो हुन्छ । त्यसैले सबै युवाहरु हातमा हात, काँधमा काँध राखेर अगाडि बढनु पर्छ । हाल म रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वाइसीयल नेपालको सचिव छु । मलाइ लाक्छ त्रिवेणीमा भएका विकृति बिसंगति, समस्याहरू हल गर्न युवाहरू जुट्नुकाे विकल्प छैन् ।
परिवर्तनको मार्गमा एउटा यात्री बनेर मिहिनेत गरि युवाको हक हित र अधिकारको लागि लड्न सबै युवा लाग्नुपर्छ । मेराे जिम्मेवारी अनुसार म पनि याे लडाइमा लामबद्घ छु । मेरो जिम्मेवारीलाई दुई तरिकाले हेरेको छु । एउटा चुनौती र अर्काे अबसरको रुपमा । हरेक क्षेत्रमा चुनौती छन् । ति चुनाैतिलाई डटेर सामना गर्दै अगाडि बढ्ने हाे भने युवाहरू पक्कै पनि एकदिन नेतृत्वमा पुग्ने छन् । सफलताकाे सबैभन्दा ठुलाे अस्त्र इमान्दारिता र लगनशिलता नै हाे भन्ने लाग्छ । युवाहरू हरेक क्षेत्रमा बिद्राेही पनि बन्न जरूरत छ । अर्काे कुरा सकारात्मक साेँच सफलताकाे मुख्य हतियार हाे । सदैव सकारात्मक साेँच राख्न सकियाे भने पनि त्यसले सफल बनाउने मेराे अनुभव छ ।
लेखक वाइसीयल नेपाल रूकुम पश्चिम त्रिवेणी गाउँपालिकाका सचिव हुनुहुन्छ ।