
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको अधिकार क्षेत्र नभएको बताउनुभएको छ । नेपालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्था नभएको पौडेलको भनाई छ । विहीबार चौरजहारीमा हरिभक्त ओलीको २२ औं स्मृति दिवशको अवसरमा गरिएको श्रदाण्जली सभालाई सम्बोधन गर्दै नेता पौडेलले केपी शर्मा ओलीको संसद विघटनको कदम सरकार असफल हुनु परिणाम भएको दावी गर्नुभयो ।
सरकार भ्रष्टाचार नियन्त्रणमा लाग्न सकेन, सरकारले कोरोना महामारीलाई लापरबाही गरेका कारण सरकार सफल हुन सकेन र संसद विघटन भएको भनाई नेता पौडेलको छ । सुन काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, गोकुल बाँस्कोटाको ७० करोड काण्ड, चाइडाबाट स्वास्थ्य सामग्री खरिद काण्ड लगायतका काण्डै काण्डले सरकार सफल हुने ठाउँ नभएको पौडेलले बताउनुभयो । सबैतिरबाट केपी शर्मा ओलीको सरकार असफल भएपछि नेकपाबाटै प्रधानमन्त्रीमा विकल्प खोज्न थालेपछि ओलीले संसद विघटन गरेको दावी पौडेलको छ ।
चौरजहारी नगरपालिका २, मा नेपाली कांग्रेसले स्वर्गिय नेता हरिभक्त ओलीको स्मिृतिमा कार्यक्रम गरेको हो । कांग्रेसले हरेक वर्ष यसरी नै ओलीको स्मृति सभा गर्दै आएको छ । ओली नेपाली कांग्रेसका जिल्ला सभपाति प्रेमप्रकाश ओलीका बुवा हुनुहुन्थ्यो । ।