रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा मानव अधिकार रिपोर्टिङ संयन्त्र र नागरिक समाजको भूमिका विषयक २ दिने तालिम सुरु भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस नेपालद्धारा संचालित नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत तालिम आयोजना गरिएको हो ।
तालिममा मानव अधिकारका आधारभूत पक्षहरु, मौलिक हक, कानुनि हक, न्याय प्रणाली, मौलिक कर्तव्य, मानव अधिकार संरक्षणका लागि स्थानीय तहको भुमिका, मानव अधिकार उल्लंघ भएमा हुने कानुनी कारवाही लगायतका विषयमा सहजिकरण भइरहेको छ । तालिमको सहजिकरण अधिवक्ता गणेश हमालले गरिरहनुभएको छ ।
तालिममा मानव अधिकारकर्मी, पत्रकार र विभिन्न संघ संस्थामा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको छ । तालिममा १७ जनाको सहभागिता रहेको हरप्लेसका जिल्ला अधिकृत माया बोहराले जानकारी दिनुभयो । तालिम भोली आईतबार सकिने छ ।