Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगामा मानव अधिकार रिपोर्टिङ संयन्त्र सम्बन्धि तालिम सम्पन्न

रुकुम पश्चिममा मानव अधिकार रिर्पोटिङ संयन्त्र र नागरिक समाजको भुमिका विषयक २ दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल अन्तरगत नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा सदरमुकाम खंलगाका तालिम संचालन भएको हो । 

तालिममा मानव अधिकारका आधारभूत पक्षहरु, मौलिक हक, कानुनि हक, न्याय प्रणाली, मौलिक कर्तव्य, मानव अधिकार संरक्षणका लागि स्थानीय तहको भूमिका, मानव अधिकार उल्लंघन भएमा हुने कानुनी कारवाही लगायत विषयमा प्रशिक्षण दिईएको थियो । तालिमको सहजिकरण अधिवक्ता गणेश हमालले गर्नुभएको थियो ।

तालिममा मानव अधिकारकर्मी, पत्रकार र विभिन्न संघ संस्थामा कार्यरत प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा १७ जनाको सहभागिता रहेको हरप्लेसका जिल्ला अधिकृत माया बोहोराले जानकारी दिनुभयो । तालिमको समापन हरप्लेसका जिल्ला अध्यक्ष सुनिता बुढा मगरले गर्नुभएको हो ।
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update