Kakhara सबैको खबर सम्पूर्ण खबर
इटालियन नागरिकलाई मुसीकोटमा स्वागत 
मुसीकाेट खलंगाकाे बालमन्दिरमा भएकाे स्वागत कार्यक्रममा विदेशि पर्यटक ।

रुकुम पश्चिममा ८ जना विदेशि पर्यटकलाई स्वागत गरिएको छ । रुकुम पश्चिम र पूर्वका विभिन्न ठाउँ घुम्नका लागि आएका ८ जना इटालियन नागरिकलाई आज मुसीकोटमा स्वागत गरिएको हो । काठमाडौंबाट सल्ले विमानस्थलमा अवतरण गरेका उनिहरुलाई पर्यटन सूचना केन्द्र र उद्योग वाणिज्य संघले मुसीकोट खलंगामा स्वागत गरेका हुन् । 

उनिहरुको स्वागतमा पञ्चेवाजा र मयुर नाच देखाईएको थियो । फुलमाला र अविरले स्वागत गरिएको थियो । सल्ले विमानस्थलबाट झोलुंगे पुल हुँदै बराहटाकुरा पुगेका उनिहरुलाई बराहटाकुराबाट पञ्जेबाजा र मयुर नाच सहित खलंगाको बालमन्दिरमा पुर्याईएको थियो । 

रुकुम पश्चिम र रुकुम पूर्वका लागि नै भनेर पहिलो पटक विदेशि पर्यटक आएको यसका समन्वयकर्ता गोपाल केसीले जानकारी दिनुभयो । उनिहरु १३ दिन रुकुम पश्चिम र पूर्वमा रहने उहाँले बताउनुभयो । उनिहरु २ दिन रुकुम पश्चिमको बाँफिकोटस्थित स्यार्पू तालमा रहने छन् । 

त्यसपछि रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल ताल हुँदै उनिहरु रुकुम पूर्वको तकसेरासम्म पुग्ने केसीले बताउनुभयो । उनिहरु ढोरपाटन शिकार आरक्षको सिमानासम्म पनि पुग्ने बताईएको छ । विदेशि टोलीमा शैक्षिक तथा वातारण अनुसन्धानकर्ताहरुको समेत सभागिता रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update