प्रधानमन्त्री कप (पीएमकप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भोलिबाट सुरु हुँदैछ । क्रिकेट संघ नेपाल (क्यान) ले भोलीबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो । काटमाठौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बीचको खेलसँगै पुरुषको पीएमकप सुरु हुनेछ । टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।
पीएमकपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूह‘ए’ मा त्रिभुवनआर्मी क्लब,एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं. २ र सुदूरपश्चिम प्रदेश रहेका छन् । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
विभाग बाहेक प्रदेश टिमले छनोट प्रतियोगिता गरेर टिमको घोषणा गरेका छन् । प्रतियोगितामा सहभागी १० वटै टिम च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् । केहि बाहेक राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडीले पीएम कप खेल्ने छन् । तर, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा खेलाडी कुशल मल्लले पीएम खेल्ने छैनन् । उनीहरु युएईमा आयोजना हुने टी–टेन लिग खेल्न त्यसतर्फ जाने छन् । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले बागमती प्रदेशबाट खेल्ने छन् ।
यसैविच कर्णाली प्रदेशले रविन्द्रजंग शाहीको नेतृत्वमा पीएम कप खेल्ने छ । यसपटक विदेशि प्रशिक्षक नियुक्त भएका कारण टिमको प्रदर्शन यसअघिको भन्दा राम्रो हुने अपेक्षा गरिएको छ । कर्णालीको टिम प्रशिक्षकमा दक्षिण अफ्रिकाका पौल फरेरा नियुक्त भएका छन् । पीएम कपमा रुकुम पश्चिमबाट पनि दुई खेलाडिले सभागिता जनाउँदै छन् । विकेट किपर व्याट्सम्यान हेमन्त ओली र बलर ताराप्रसाद गिरीले पीएम कप खेल्दै छन् । कर्णाली प्रदेशले आफ्नो पहिलो खेल माघ ४ गते त्रिभुवन आर्मि क्लव संग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । दोस्रो खेल माघ ६ गते गण्डकी प्रदेश संग खेल्ने कर्णालीले तेस्रो खेल माघ ९ गते प्रदेश नं. १ संग र चौथो खेल माघ १० गते शसस्त्र प्रहरी बलको एपिएफ संग खेल्ने छ । z
यस्तो छ कर्णाली प्रदेशको टिमः–
१. रबिन्द्र जङ शाहि (कप्तान)
२. निस्चल रावल
२. दिवान बाबु पुन
३. हेमन्त ओलि
४. ललित प्याकुरेल
५. दिनेश अधिकारि
६. हिमान्शु शाही
७. बिपिन रावल
८. राज कुमार शाह
९. अनुज चनारा
१०. तारा प्रसाद गिरि
११. रुपक दाहाल
१२. युनिश बिक्रम सिङ
१३. अभिषेक बम ठ्कुरि
टिम कोचः पौल फरेरा
टिम ब्यबस्थापकः भुवन कोइराला