Kakhara सबैको खबर सम्पूर्ण खबर
शिल्डका लागि जनता माविलाई सहयाेग प्राप्त

रुकुम पूर्व को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालयलाई सहयोग प्राप्त भएको छ । गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा हुने खर्च व्यवस्थापनकाे लागि सहयोग प्राप्त भएको हो । विद्यालयका पूर्व विद्यार्थी सिस्ने गाउँपालिका ७ नाथिगाड निबासी मिदास गाैतमले १ लाख ३० हजार रुपैया सहयोग गर्नुभएको हाे।

गौतमले आज विद्यालयको खातामा उक्त रकम राखेकाे विद्यालयका प्रधानाध्यापक कलु खड्काले जानकारी दिनुभयो। उक्त रकमले शिल्डमा सहभागी हुने ५० जना विद्यार्थी र खेल शिक्षकहरुलाई खेल पोसाक उपलब्ध गराउने उहाँले बताउनुभयो । सिस्ने गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड चैत्र १० गतेबाट रुक्मिणी मावि रुकुमकोटमा सञ्चालन हुदै छ ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update