Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको घुइचो देखिएको छ । आज पहिलो दिन जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन आउँनेहरुको भिड छ । बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि आजबाट म्यादी प्रहरीको आवदेन लिन सुरु भएको हो ।

पहिलो दिन नै ठुलो संख्यामा युवाहरु आवेदन दिन जिल्ला प्रहरी कायालयमा पुगेका थिए । आवेदनका लागि घण्टौंसम्म लाईन बस्नु परेको थियो । पहिलो दिनै ठुलो संख्यामा युवाहरु म्यादीका लागि आवेदन दिन आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा ६ सय ७७ जनाको लागि भर्ना खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक धु्रबकुमार श्रेष्ठले जानकारी दिनुभयो । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन् । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । 


 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update