रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण भएको बिद्युत सव स्टेशनको आज उद्घाट हुँदै छ । सव स्टेशनबाट बिद्युत प्रवाह सुरु भएसकेपनि औपचारिक उद्घाटन आज हुन लागेको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमखु त्रिलोचन भट्राईले जानकारी दिनुभयो ।
सव स्टेशन उद्घाटनका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोली रुकुम पश्चिम आउँदै छ । यो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागि हुनुहुने छ । सव स्टेशनको उद्घाटन उर्जामन्त्री भुषाल र अर्थमन्त्री शर्माले संयुक्त रुपमा गर्ने कार्यक्रम तय भएको केन्द्र प्रमुख भट्राईले बताउनुभयो ।
उहाँका अनुसार उद्घाटन कार्यक्रमको अध्यक्षता प्राधिकरणका कार्यकारी निर्देशन घिसिङले गर्नुहुने छ । मध्यान्ह १२ बजे सव स्टेशनको उद्घाटन हुने बताईएको छ ।