अर्थमन्त्री जनार्दन शर्मा आज रुकुम पश्चिमका विभिन्न कार्यक्रममा सहभागि हुँदै हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री शर्मा पार्टीका कार्यक्रम तथा अन्य कार्यक्रममा सहभागि हुन हिजो रुकुम पश्चिम आईपुग्नुभएको थियो ।
अर्थमन्त्री शर्मा आज तीन वटा स्थानीय तहमा पुग्ने बताईएको छ । हेलिकोप्टर मार्फत मन्त्री शर्मा बिहान ९ः४५ मा आठबीकोट पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले जुस उद्योग सहित अन्य विभिन्न उद्योग र विकास निर्माणको अवलोकण गर्ने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका विज्ञानले जानकारी दिनुभयो ।
त्यसपछि बिहान साढे १० बजे उहाँ सहितको टोली चौरजहारी नगरपालिका पुग्ने छ । त्यहाँ पनि विभिन्न कामको अवलकोण हुने संयोजक रोकाले बताउनुभयो । त्यहाँबाट फर्किएर १२ बजे मुसीकोट नगरपालिका ३ को धैरेनीचौरमा रहेको विद्युत सव स्टेशन उद्घाटन कार्यक्रममा मन्त्री शर्मा सहभागि हुनुहुने छ ।
१ बजे मुसीकोट नगरपालिका ४ को सोलावाङको दुग्ध डेरी र मुसीकोट ११ मा निर्माण हुन लागेको दुग्ध उद्योग निर्माणको निरीक्षणको कार्यक्रम रहेको छ । अर्थमन्त्री संगै उर्जामन्त्री पम्फा भुषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतकाे टाेली पनि रहने छ ।