रुकुम पश्चिमको मुसीकोटमा नेशनल माइक्रोफाइनान्स लघु वित्त संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेशनल माइक्रोफानान्स लघुवित्त संस्था शाखा कार्यालय केन्द्र नम्बर ३८ का केन्द्र अध्यक्ष दिपा डाँगीको अध्यक्षतामा गोष्ठी तथा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघु वित्त संस्थाको परिचय र प्रगति केन्द्रका प्रतिनिधि बिष्णु पन्थीले प्रस्तुत गर्नुभएको थियो । शाखा प्रमुख सुशिल बस्नेतका अनुसार २०७२ सालमा महिला सहयात्रा लघुवित्तका नाममा संस्थाको स्थापना भएको र हाल २०७८ असार ३० गते देखि नेशनल माइक्रोफानान्स लघुवित्त वित्तिय संस्था भएको हो ।
अहिले संस्थाको कार्यक्षेत्र २ जिल्ला रुकुम पश्चिम र रुकुम पूर्व हो । रुकुम पश्चिमका मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा संस्था रहेको छ भने रुकुम पूर्वमा सिस्ने र भुमे गाउँपालिकामा लघुवित्तले सेवा दिईरहेको छ ।
रुकम पश्चिम र पूर्वमा गरी ९३ केन्द्र रहेको शाखा प्रमुख बस्नेतले बताउनुभयो । अहिले संस्थामा १ हजार १ सय ६४ सदस्य रहेकोमा ३ जना समुह बाहेक व्यतिगत धितो सदस्य रहेका छन । संस्थाबाट कर्जा लिनेहरु ५ सय ८३ जना रहेका छन । भने ९ करोड ९८ लाख ७९ हजार ५४ कर्जा लगानी भएको छ । संस्थाको वचत १ करोड ७१ लाख १९ हजार ६ सय १५ रुपैया वचत रहेको कार्यक्रममा जानकारी गराईएको छ ।
त्यस्तै कार्यक्रमको अवसरमा उत्कृष्ट हुने ४ केन्द्रलाई सम्मान गरिएको छ । गिठाकोट महिला सहायता केन्द्र, विहानी महिला सहायता केन्द्र, गाउँवेशि महिला केन्द्र र त्रिवेणी महिला केन्द्रलाई प्रामाण पत्रले सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट वचतकर्ता चम्फा वस्नेत र उत्कृष्ट कर्जा सहुलियत सरिता पाण्डे केसीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख र केन्द्रका प्रतिनिधि विष्णु पन्थीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै मुसीकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष सुशिल गौतम लगायतको पनि आतिथ्यता रहेको थियो । शाखा प्रमुख बस्नेतको स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी ललित ओलीले गर्नुभएको थियो ।