अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमको कक्षा जाउ अभियान अन्तर्गत मुसीकोटका २ वटा विद्यालयमा संगठन विस्तार गरिएको छ । वडा नम्बर २ को पशुपति मावि रातामाटा र महाकाली मावि समिबोटमा संगठन बिस्तार गरिएको हो ।पशुपति माविमा प्रभास ओलीको अध्यक्षतामा मावि मुल इकाई समिति गठन गरिएको अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ । जसको उपाध्यक्षमा महेश सार्की, सचिव बसन्ता पुन मगर, सहसचिव ऋतु पुन मगर र कोषाध्याक्षमा जीवन खड्का रहनुभएको छ ।
त्यस्तै विभिन्न कक्षागत समितिहरु पनि निर्माण गरिएको छ । कक्षा ८ मा महेश सार्की अध्यक्ष, प्रेङका शाही उपाध्यक्ष नबदुर्गा गौतम सचिव, अनुशा ओली सह सचिव र आशिष चन्द कोषाध्यक्ष रहेको १३ सदस्यीय बनाईएको छ । कक्षा ९ मा अध्यक्ष महेश खड्का, उपाध्यक्ष ऋतु पुन मगर, योजना शाही, सचिव अर्जुन ददेल, सह सचिव प्रभास ओली र कोषाध्याक्ष जीवन खड्का रहेको १६ सदस्यीय समिति बनाईएको छ । कक्षा १० मा भने बसन्ता पुन मगरको अध्यक्षतामा समिति निर्माण भएको छ ।
जसको उपाध्यक्षमा रामचन्द्र देवकोटा, सचिव कृति ददेल, सहसचिव सुनिता बुढाथोकी र कोषाध्याक्ष ममता खड्का रहनुभएको छ । वडा नम्बर २ कै महाकाली मावि समिबोटमा भने कक्षा ९ मा कक्षा इकाइ समिति गठन भएको छ । बिन्दु खड्का अध्यक्ष रहेको समिति १३ सदस्यीय रहेको छ । उपाध्यक्षमा प्रिया बराम, सचिव सर्मिला बिक, सह सचिव यशिका पुन मगर र कोषाध्याक्षमा खम्बु क्षेत्रियाल रहनुभएको छ ।
कक्षा जाउ अभियान अन्तरगत विभिन्न विद्यालयमा संगठन विस्तार भइरहेको अनेरास्ववियू क्रान्तिकारी मुसीकोटका उपाध्यक्ष खिमला पुन मगरले जानकारी दिनुभयो ।