Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे ३ झुम्लाबाङमा बाँदरको आतंक 

रुकुम पूर्वको भूमे गाउँपालिका वडा ३ झुम्लाबाङमा बाँदरको आतंक बढेको छ । बाँदरले आलु खेतीमा क्षेति गर्न थालेपछि स्थानीय हैरान भएका छन् । २० रोपनी छेत्रफलमा लगाईएको आलुमा बाँदरले क्षेति गरेको स्थानीयको भनाई छ । 

त्यसठाउँका किसानले करिब ४० क्विन्टलको वीउ आलु लगाएका थिए । फागुनको १५ देखि २० सम्म स्थानीयले आलु रोपेका थिए । तर आलु रोपेको २ सातामै बाँदरले नष्ट पारेको स्थानीय बलाराम सिर्पालीले जानकारी दिनुभयो । अव फेरि आलु रोप्न नसकिने भएकाले यो वर्ष वीउ पनि नउठ्ने देखिएपछि किसान चिन्तित बनेका छन् । 

आलु रोप्ने सिजन पनि सकिदै गएको र आलुको वीउ नपाईएका कारण अव आलु रोप्ने अवस्था नभएको सिर्पालीले बताउनुभयो । देखेको बेला धपाउने भएपनि मान्छे नभएको मौका पारेर बाँदरले आलु उखेलेर केही खाएको र केही फालेको स्थानीयको भनाई छ । बाँदर नियन्त्रण गर्ने कुनै उपाय नभएको स्थानीयको भनाई छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update