Kakhara सबैको खबर सम्पूर्ण खबर
अस्थायी प्रहरी पोष्ट छिङलाई जग्गा दान
अस्थायी प्रहरी पाेष्टकाे उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, छिङका एक व्यक्तिले अस्थायी प्रहरी पोष्टलाई जग्गा दान गरेका छन् । स्थानीय यतवहादुर रोकायले अस्थायी प्रहरी पोष्टलाई ७ सय ५० वर्गमिटर जग्गा दान गर्नुभएको हो । अस्थायी प्रहरी पोष्टको भवन निर्माणका लागि रोकायले जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले अस्थायी प्रहरी पोष्ट भाडाको घरमा रहेको छ । जग्गा प्राप्ति भएपछि भवन निर्माणमा लागि पहल गर्न सजिलो भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक कार्यक्रमका विच जग्गा धनि रोकायले उक्त जग्गा हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । भाडामा रहेको अस्थायी प्रहरी पोष्टका लागि अव आफ्नै भवन निर्माणमा सजिलो हुने उहाँले बताउनुभयो । जग्गा धनि रोकायलाई जिल्ला प्रहरी कार्यलयले धन्वयवाद सहित सम्मान पत्र समेत प्रदान गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, प्रशासनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।।

 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update