Kakhara सबैको खबर सम्पूर्ण खबर
चैत्र १३ गतेबाट हुने खेलकुदकाे आयोजक भलिबल संघ पनि
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा हुन लागेको खेलकुद प्रतियोगितामा भलिबल संघ पनि आयोजक बनेको छ । सुरुमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जिल्ला कै सर्वाधिक पुरस्कार राशिको भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।

यसमा जिल्ला भलिबल संघ रुकुम पश्चिम पनि मिसिएको हो । अव भलिबल प्रशिक्षण केन्द्र र जिल्ला भलिबल संघ संयुक्त आयोजक बनेका छन् । प्रतियोगिता सफलताका लागि मिलेर आयोजना गर्ने निर्णय भएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले बताउनुभयो । जिल्ला भलिबल संघका अध्यक्ष गोविन्द ओलीले पनि मिलेर जाने सहमति भएको बताउनुभयो । 

प्रतियोगिता चैत्र १३ गतेदेखि १७ गतेसम्म खलंगाको बराटाकुरामा हुने छ । भलिबल पालिका स्तरीय हुने छ भने ब्याडमिन्टन खुला हुने छ । भलिबलमा २ जना बाहिरको खेलाडि राख्न पाईने छ । राष्ट्रिय स्तरका खेलाडिलाई जिल्लामा ल्याउने उद्ेश्यले एउटा टिममा २ जना पालिका बाहिरको खेलाडि राख्न अनुमति दिईएको अध्यक्ष बुढाले बताउनुभयो । 

प्रतियोगितालाई जिल्लाकै अहिलेसम्मको ‘सर्वाधिक’ पुरस्कार राशिको भनिएको छ । भलिबलको विजेताले २ लाख ५० हजार पुरस्कार पाउने छ । उप विजेताले १ लाख ५० हजार पुरस्कार पाउँदा सेमिफाईनलमा पुग्ने २ टीमले ५०/५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । भलिबलमा विभिन्न व्यक्तिगत इभेन्टमा पनि पुरस्कारको व्यवस्था गरिएको छ । 

वेष्ट प्लेयरले १० हजार तथा वेस्ट स्पाइकर, वेष्ट लिवोरो, वेष्ट लिप्टर, वेष्ट व्लकर र वेष्ट क्विकरले जनही ५÷५ हजार पुरस्कार पाउने बताईएको छ । त्यस्तै खुला व्याडमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार १ लाख राखिएको छ । व्याडमिन्टनमा दोस्रो हुनेले ५० हजार र सेमिफाईनलसम्म पुग्ने २ जोडिले २०/२० हजार नगद पुरस्कार पाउँने आयोजकको भनाई छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update