Kakhara सबैको खबर सम्पूर्ण खबर
शाइकुमारी आ.वि.का बालबालिकालाई पोशाक र शैक्षिक सामग्री बितरण
शैक्षिक सामग्रि र पाेशाक वितरण गर्दै नगर प्रमुख देविलाल गाैतम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ८ मा रहेको शाईकुमारी आधारभुत बिद्यालय क्वाम्मामा नेपाल ख्रिष्टिय राहत सेवाले पोशाक र शैक्षिक सामग्री वितरण  गरेको छ । बालशिक्षा देखि कक्षा ५ सम्म अध्यनरत ७१ जना विद्यार्थीलाई पोशाक, झोला लगायत शैक्षिक सामग्री बितरण गरिएकाे हाे । विद्यालयलाई पि-फम पनि सहयाेग गरिएकाे ख्रिष्टिय राहत सेवाका कार्यकारी निर्देशन रोजी केसीले जानकारी दिनुभयाे । 

बिद्यार्थीका सिकाइमा सहयाेग पुगाेस भनेर सहयाेग गरिएकाे उहाँले बताउनुभयाे । नयाँ पोशाक, झोला र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी खुशी भएका छन् ।  ख्रिष्टिय राहत सेवाले जोखिममा परेका बिद्यार्थी, सुस्तमनस्थित भएका विद्यार्थी, गरिबिका कारण विद्यालय जान बन्चित भएका बालबालिकाहरुको लागि सहयोग गर्दै आएको छ ।

यस संस्थाले यस अघि मुसीकोट १३ को प्रभात मावि दोपाई, मुसीकोट १ को चन्दननाथ विद्यालयमा अध्यनरत बिद्यार्थीलाई सहयाेग गरेकाे थियाे । वडा नम्बर ८ का अध्यक्ष वुद्दिप्रसाद बुढाको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमकाे प्रमुख आतिथ्यता रहेको थियो । भने नेपाल ख्रिष्टिय राहत सेवाका अध्यक्ष ओमप्रकाश सुब्बाकाे विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै नेपाल ख्रिष्टिय राहत सेवाका कार्यकारी निर्देशक रोजि केसी, कोषाध्यक्ष मुकुन्द शर्मा, अप्रेसन म्यानेजर बबिता राई, आपतकालिन प्रतिकार्य अधिकृत रबिन शर्मा, परियोजना अधिकृत सेत सुनार लगायत बिद्यार्थी, अभिभावक, पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update