Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेट ५ दुदिलचौरमा बुरालमष्ट मन्दिर निर्माण कार्य सुरु 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ५ को दुदिलचौरमा बुरालमष्ट मन्दिर निर्माणको काम सुरु भएको छ । पुरानो मन्दिर भत्काएर क्षमा पुजा गरि नयाँ मन्दिर निर्माणको काम सुरु भएको हो । बुधबार बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुर्बराज केसीले मन्दिर निर्माणको सिलन्यास गर्नुभएको हो । नयाँ मन्दिर निर्माण गर्न लागिएको ठाउँमा पुरानो मन्दिर भत्काउनु भन्दा पहिला क्षमा पुजा गरिएको थियो । 

संघिय आयोजना इकाई सुर्खेतको ५० लाखमा दुई तले मन्दिर निर्माणको काम सुरु भएको हो । क्रमागत योजना अन्तरगत यो वर्ष एक तलाको काम हुने छ । पहिलो तलाको काम बैशाख अन्तिममा सकाउने गरी निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी साई निर्माण कन्ट्रक्सनका प्रतिनिधि धिरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

यो वर्ष एक तला मन्दिर निर्माणको लागि ५० लाख रकम खर्च हुने छ । अर्को वर्ष पनि ५० लाखमा अर्को तलाको काम हुने कोषका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिनुभयो । उहाँका अुनसार संघिय आयोजना इकाइ सुर्खेतबाट क्रमागत योजना अन्तरगत मन्दिर निर्माणका लागि कुल १ करोड ८ लाख बजेट आउने छ । 

त्यस्तै बुरालमष्ट मन्दिर अन्तरगत गादिघरमा पनि बिभिन्न संरचना निर्माणको काम भैरहेका छन् । गादिघरमा ५० लाखमा ३० मिटर पर्खाल, ३० मिटर जालीको बार, एउटा दशैं घर र ट्रष्ट निर्माणको काम भैरहेको छ । यो काम पनि चालु वर्षमा सक्ने गरि भैरहेको कोषका अध्यक्ष केसीको भनाई छ । गादिघरमा यो भन्दा पहिला पनि बिभिन्न संरचनाहरु निर्माण भइसकेका छन् । जसमध्ये २८ लाखमा मन्दिर निर्माण भएको थियो । 

यस वाहेक ४८ लाखमा फलामे जालीको बार ६० मिटर, पर्खाल ४० मिटर, फलामे रेलिङ ४० मिटर, एउटा जग्गे कुण्ड र एउटा मुर्ति निर्माणको काम भएको छ । दुदिलचौर र गादिघर गरी २ ठाउँमा मन्दिर भएपनि बुरालमष्टको नाममा चिनिन्छन् । दुदिलचौरमा वर्षको चार वटा पुर्णिमाको अवसरमा पुजा गर्ने गरिन्छ । भने गादिघरमा वर्षको प्रत्येक दिन पुजा गर्ने गरिन्छ । बुरालमष्ट मन्दिर वि.सं. १७९२ मा स्थापना भएको बताईन्छ ।

ति मन्दिरमा पुजा गर्न देशका बिभिन्न ठाउँबाट भक्तजन बाँफिकोटको काडाँमा पुग्ने गर्दछन् । मन्दिरमा ३३ कोटी देवताको पुजा हुने कोषका अध्यक्ष केसीले बताउनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update