नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेशमा रुकुम पश्चिमबाट ७ जना सदस्य मनोनित भएका छन् । ५ जना कर्णाली प्रदेश सदस्य र २ जना बैकल्पिक सदस्य गरी ७ जना मनोनितमा परेका हुन् । बाँफिकोट गाउँपालिकाबाट कलबहादुर नाथ, सानीभेरी गाउँपालिकाबाट नरबहादुर पुन, मुसीकोट नगरपालिकाबाट गोपेश्वर केसी कर्णाली प्रदेश सदस्यमा मनोनित भएका छन् ।
सानीभेरी गाउँपालिकाबाट कमला रोका र चौरजहारी नगरपालिकाबाट मनसरा मल्ल कर्णाली प्रदेशमा मनोनित भएका छन् । वाइसीएलबाट शैलेश शर्मा र आठबीसकोट नगरपालिकाबाट प्रेमा शाही बैकिल्प प्रदेश सदस्यमा मनोनित भएका छन् । पार्टीको पछिल्लो बैठकबाट विधान अनुसार प्रदेशका दश वटै जिल्लाबाट प्रदेश तथा बैकल्पिक प्रदेश सदस्यहरु मनोनित गरिएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।
त्यस्तै कर्णाली प्रदेश सदस्य लुम्बिनी गाैतम केन्द्रीय सदस्य बनेपछि खाली भएकाे ठाउँमा जनक बटालाई राखिएकाे छ ।