रुकुम पश्चिमको त्रिबेणी गाउपालिका वडा नम्बर २ को बादरपानीमा नेपाली कांग्रेले टोल कार्य समिति गठन भएको छ । गणेश खड्काको अध्यक्षतामा ३९ सदस्यीय टोल कार्य समिति निर्माण गरिएको हो । जसको उपाध्यक्षमा प्रभा पुन, टंकबहादुर ओली, सचिव गोविन्द खड्का, सह सचिव दलबहादुर खड्का, धनबहादुर खड्का र कोषाध्यक्षमा उर्मिला खड्का चयन हुनुभएको छ ।
वडा नम्बर २ का सभापति उदिराराम बुढाथोकीको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस रुकुम पश्चिमका पुर्ब जिल्ला उपसभापति भिमबहादुर डाँगीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिका सदस्य लोकबहादुर चन्द, टोपबहादुर कठायत, भरत पुन, चित्रबहादुर बुढाथोकी, कमला चन्द, काले बुढाथोकीको पनि उपस्तिथि रहेको थियो ।
भेलाको संचालन वडा नम्बर २ का सह सचिव रमेश बोहराले गर्नुभएको क्षेत्रीय प्रतिनिधि भरत पुनले जानकारी दिनुभयो । घर घर जाउँ नेपाली कांग्रेसलाई जिताऔं भन्ने अभियान अनुसार संगठन विस्तार गरिएको कांग्रेसले जनाएको छ ।।