
नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमको प्रशिक्षण सुरु भएको छ । जिल्ला सदरमुकाम खलंगा, सेरीगाउँ स्थित सहिद स्मृति सभा हलमा जिल्ला स्तरीय प्रशिक्षण भेला सुरु भएको हो । प्रचण्ड–माधव नेपाल समूहले जिल्ला स्तरीय भेला गरेको हो । भेलामा पार्टीका स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह इन्चार्ज प्रकाश ज्वाला, सह इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश सचिव मायाप्रसाद शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
भेलालाई मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल प्रकाश ज्वाला र जनार्दन शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । भेलामा जिल्ला कमिटि सदस्यहरु, गाउँपालिका, नगरपालिका सदस्यहरु, जनवर्गिय संगठनका जिल्ला सदस्यहरु सहभागि भएको जिल्ला सचिव विमलकुमार पुन मगरले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय कार्यक्रम अनुसार नै जिल्ला स्तरीय भेला प्रशिक्षण आयोजना गरिएको सचिव पुनले बताउनुभयो । जिल्ला अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा प्रशिक्षण सुरु भएको हो ।