Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा साना ७ राजनितिक दलले आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने

रुकुम पश्चिममा स्थानीय तहको निर्वाचनको लागि ७ साना दलले आफ्नै चुनाव चिन्हबाट चुनाव लड्नको लागि आवेदन दिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हबाट चुनाव लड्न पाउने व्यवस्था गरेपछि साना दलहरुलाई जिल्ला निर्वाचन कार्यालयमा आवेदन दिन अनुरोध गरेको थियो । जसअनुसार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिममा स्थानीय तह चुनावमा आफ्नै निर्वाचन चिन्हबाट चुनाव लड्नको लागि साना ७ वटा दलले आवेदन दिएका हुन् ।

चैत्र २ गते देखि ६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा दलको चुनाव चिन्हको लागि आवेदन आएको जिल्ला निर्वाचन कार्यालयकी जिल्ला निर्वाचन अधिकृत कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार ति आवेदन निर्वाचन आयोगमा पठाइएको छ । राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पाटी, मंगोल नेश्नल अर्गानाईजेसन, उन्नत लोकतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नै निर्वाचन चिन्हबाट स्थानीय तहको चुनाव लड्न आवेदन दिएका हुन् ।

मंगोल नेश्नल अर्गनाईजेसन, उन्नत लोकतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जिल्लामा पहिलो पटक निर्वाचन लड्न लागि आवेदन दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update