पातुखोलाका भीरमा किशोरको शव भेटियो
तीन दिनदेखि बेपत्ता किशोरको शव भेटिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, पातुखोला बस्दै आएका बाँफिकोट गाउँपालिका ८, का १७ वर्षीय करण पुन मगरको शव भेटिएको हो । पातुखोला नजिकैको भीरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
१० गते रातिदेखि हराएका पुनको खोजि भइरहेको थियो । खोजिकै क्रममा उनका भाइहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घटना, के कसरी भएको हो भनेर अनुसन्धान भइरहेकाले अहिल्यै यही भएको हो भन्न सकिने अवस्था नरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८ ११:१७
प्रतिक्रिया दिनुहोस्