रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा भैंसी वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक पालिका एक उत्पादन विशेष कार्यक्रम अन्तरगत भैसी बितरण गरिएको हो । किसान र मन्त्रालयको लगानीमा भैंसी बितरण गरिएको त्रिवेणी नमुना भैंसी पालन उपभोक्ता समितिका कोषाध्यक्ष केशवबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानलाई १० वटा भैंसी वितरण गरिएको हाे । त्रिवेणी नुमना भैंसी पालन उपभोक्ता समिति र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको सम्झौतामा किसानको आधा लगानीमा भैंसी खरिद गरि ल्याईएको कोषाध्यक्ष केसीले बताउनुभयाे । उहाँका अुनसार किसानकाे १० लाख र प्रदेश सरकारको १० लाख गरि २० लाखमा भैंसी खरिद गरिएको हो । उक्त भैंसी मुर्रा जातको रहेको बताईएको छ ।
भैंसी बर्दियाबाट ल्याईएका हुन् । वडा अध्यक्ष राजेन्द्र पुनले किसानलाई भैसी हस्तान्तरण गर्नुभएको हो । एउटा भैंसीले प्रति दिन १७ लिटर दुध दिने बताइएकाे छ ।