रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार वडाले यस शिविरको लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकम बाट उक्त शिविरको आयोजना गरिएको हो ।
एक दिने निशुल्क स्वास्थ्य शिविरमा आँखा कान चेकजाँच निशुल्क चश्मा वितरण रगत दिशा पिसाब खकार परीक्षण र अन्य स्वास्थ्य परीक्षण समेत गरिएको थियो । शिविरमा १ सय ५५ जनाको आँखा कान परीक्षण गरिएका छन् । ४७ जना लाई निशुल्क चश्मा उपलब्ध गराइएको छ भने २२ जनामा मोतिबिन्दु देखापरेको छ ।मोतिविन्दुको समस्या यही चैत्र २० र २१ गते सल्ले आँखा अस्पतालमा निशुल्क अपरेसन गर्ने व्यवस्था मिलाइएको छ भने अन्य ७८ जनाले स्वास्थ्य परिक्षण गराइ निशुल्क रूपमा सेवा प्राप्त गरेका छन् ।
वडा कार्यालयले आयोजना गरेको उक्त शिविरमा मनकामना लाइक केर अस्पतालका डाक्टर यज्ञप्रसाद विसी आँखा अस्पताल सल्लेका इन्चार्ज धनबहादुर केसी पहल सिङ ओली स्वास्थ्य चौकी चौखावाङका इन्चार्ज पुस्पजङ मल्ल, मुना पुन, मनकुमारी ओली र प्रयोगशाला सहितको स्वास्थ्य सेवा केन्द्र झुल्खेतका ल्याब असिस्टेन्ट देवराज महतरा लगायतले सेवा प्रवाह गरेका थिए । उक्त शिविरमा मुसिकोट नगरपालिका ९ नम्बर वडाका २ सय ३३ जनाले निशुल्क सेवा प्राप्त गरेका छन् ।