नेपाली कांग्रेसको भातृ संगठन तरुण दल रुकुम पश्चिम मुसीकोट नगरपालिकाले निर्वाचन परिचालन समिति बनाएको छ । आज मुसीकोटमा भएको तरुण दलको दोस्रो नगर भेलाले कालिबहादुर महताराको अध्यक्षतामा १ सय ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा १५ जना उप संयोजक छन् । नगरपालिकाका १४ वटै वडाबाट एक÷एक जना र थप एक जना गरी १५ जना उप संयोजक बनाईएको तरुण दल मुसीकोटले जनाएको छ ।
कार्य समिति नबनाई भेलाबाट निर्वाचन परिचालन समिति गठन गरिएको हो । केन्द्रीय सर्कुलर अनुसार निर्वाचन परिचालन समिति बनाईएको नेपाली कांग्रेस मुसीकोट नगर सभापति प्रेम ओलीले जानकारी दिनुभयो । भेलाको आजै मुसीकोटमा उद्घाट भएको थियो । उद्घाटन पूर्व खलंगाको बराहटाकुराबाट मोटरसाईकल र्याली निकालिएको थियो । र्याली वडा नम्बर ७ को साँख पुगि त्यहाँबाट सल्ले फर्किएर पुनः बराहटाकुरामा पुगेर सकिएको थियो ।
त्यसपछि खलंगाको बालमन्दिरमा उद्घाटन समारोह संचालन भएको थियो । बन्दसत्र भने पार्टी कार्यालयमा संचालन भएको नगर सभापति ओलीले बताउनुभयो ।