Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेकाे राष्ट्रपति रनिङ शिल्ड रूक्मिणि माविलाई

रुकुम पूर्व को सिस्ने गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड समपन्न भएको छ  । चैत १० गतेबाट सञ्चालित रनिङ शिल्ड  आज सम्पन्न भएको हो । गाउँपालिका भित्रका १० ओटा विद्यालयकाे सहभागिता रहेको रनिङ शिल्डमा सिस्ने गाउँपालिका वडा ५ मा रहेको  रुक्मिणी मावि प्रथम भएको  छ । ८ स्वर्ण, ३ रजत र ६ कास्य सहित १७ पदक ल्याएर रुक्मिणी मावीले शिल्ड जितेकाे हो ।
 
यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको त्रिभुवन जनता मावि छिप्रिदह दोस्रो भएको छ । उसले ६ स्वर्ण सहित एक रजत, २ कास्य गरी ९ पदक प्राप्त  गरेकाे छ। ५ स्वर्ण, एक रजत र ४ कास्य सहित १० पदक हात पारेर  सिस्ने २ को हिमालय मावि नयागाड तेस्रो भएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुुद शाखाका प्राविधिक सहायक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार  ३ स्वर्ण, १० रजत र ४ कास्य सहित १७ पदक जितेर वडा नम्बर ३ मा रहेको जनता मावि पोखरा सान्त्वना भएकाे छ ।

शिल्डमा भलिबल, सटफुट  दौड तर्फ २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो लगायतका प्रतियोगिताहरु सञ्चालन गरिएको थियाे । विद्यार्थीहरुलाई विद्यालयमा नियमति हुने पढाई लेखाई सँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराई खेलकुदका माद्यमबाट पनि क्षमता विकास गर्ने उदेश्यका हरेक वर्ष गाउँपालिकाले पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update