कांग्रेसका नगर सचिव माओवादी केन्द्रमा प्रवेश
नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्रिपुराकोटमा भएको एक कार्यक्रम मार्फत कांग्रेसका नगर सचिव हेमराज हमाल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । हमाल सहित ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र डोल्पाले जनाएको छ ।
माओवादी केन्द्रकी डोल्पा सचिव भिमा केसी बञ्जाराका अनुसार चुनावी अभियान कार्यक्रमको सन्दर्भ पारेर हमाल सहित ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा इन्चार्ज रामलाल विक, जिल्ला संयोजक मालबहादुर रोकाय, केन्द्रीय सदस्य काली चलाउने लगायतले पार्टी प्रवेश गराएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका १, को बगरमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्