आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु खटाइएको छ । निर्वाचन आयोगले सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको हो । रुकुम पश्चिमका ६ वटा स्थानीय तह र रुकुम पूर्वका ३ स्थानीय तहमा पनि मुख्य निर्वाचन अधिकृत खटाइएको छ ।
रुकुम पश्चिमको मुख्य निर्वाचन अधिकृतमा रुकुम जिल्ला अदालतका जिल्ला न्यायधिश विद्याराज पौडेललाई तोकिएको छ । उहाँले मुसीकोट नगरपालिकामा निर्वाचनको काम गर्नुहुने छ । चौरजहारी नगरपालिकाको निर्वाचन अधिकृतमा द्रोणदत्त पौडेल, आठबीसकोट नगरपालिकामा गणेशकुमार गौतमलाई खटाइएको छ ।
बाँफिकोट गाउँपालिकाको निर्वाचन अधिकृतमा कृतबहादुर बोहरा, सानीभेरी गाउँपालिकाको निर्वाचन अधिकृतमा कमानसिङ थापा मगर र त्रिवेणी गाउँपालिकाको निर्वाचन अधिकृतमा कृतबहादुर बस्नेतलाई तोकिएको छ ।
रुकुम पूर्वको मुख्य निर्वाचन अधिकृतमा रुकुमकोट जिल्ला अदालतका जिल्ला न्यायधिश सनतचन्द्र लवटलाई तोकिएको छ । उहाँले सिस्ने गाउँपालिकामा निर्वाचन गराउनुहुनुछ । पुथाउत्तरगंगा गाउँपालिकाको निर्वाचन अधिकृतमा नारायणप्रसाद चापागाई र भूमे गाउँपालिकाको निर्वाचन अधिकृतमा विमलप्रसाद बराललाई तोकिएको छ ।