जिल्ला स्थित विभिन्न क्षेत्र, नियकाको सयुंक्त अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय तथा अरु विभिन्न कार्यालयले सयुंक्त रुपमा अनुगमन गरेका हुन् । राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलनको अवस्था अवलोकन, आठबीसकोट नगरपालिकाका ४, ५ र ६ नम्बर वडा कार्यालयको अनुगमन, सेवा प्रवाहको अवस्था, सिचाई कुलो, दुध डेरी, चिस्यान केन्द्र लगायतको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा कैफियत भेटिएका क्षेत्रमा सुधार्न सल्लाह दिइएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले समग्रमा सबैको अवस्था सन्तोषजनक पाइएको बताउनुभयो । वडा कार्यालयबाट सिफारिसमा किन समस्या हुन्छ, समस्या नहुने गरी काम कसरी गर्ने विषयमा पनि अन्तरक्रिया गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।
यसैगरी कतिपय विकासका कामहरु चित्तबुझ्दा नदेखिएकाले त्यसलाई मापदण्ड अनुसार सञ्चालन गर्न भनिएको छ । कति कुराहरु समस्या भएकै कारण पनि व्यवस्थित नभएको पाइएकाले त्यसलाई सुधार्न भनिएको प्रजिअ घिमिरेले बताउनुभयो । दर्ता स्टेशनबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलन कार्य सहजै चलिरहेको र यसमा सर्वसाधारणको आकर्षण पाइएको पनि प्रजिअ घिमिरेले बताउनुभयो ।