नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले विद्यालय जाऔं अभियान सुरु गरेको छ । अनेरास्ववियू क्रान्तिकारीका त्रिवेणी गाउँपालिका अध्यक्ष दिपककुमार रावलको नेतृत्वमा विद्यालय जाऔं अभियान सुरु भएको हो ।
विद्यालय जाऔं अभियान अन्तरगत आज २ वटा विद्यालयमा संगठन विस्तार गरिएको छ । दिब्यचक्षु माध्यामिक विद्यालय त्रिवेणी १ मा करिष्मा मल्लको अध्यक्षतामा ८५ सदस्यीय विद्यार्थी संगठन बनाएको छ । जसको उपाध्यक्षमा लिला बुढा मगर कमल विक सचिवमा कमला ओली सहसचिव मा वीरेन्द्र घर्ती, सिमरन मल्ल, निर्मला पुन र कोषाध्यक्षमा विश्व विज्ञान मल्ल चयन भएका छन् । सपना केसीलाई इन्चार्ज तोकिएको छ ।
संगठन विस्तार कार्यक्रममा दिव्यचच्क्षु माध्यमिक विद्यालयको नेविसंघकी अध्यक्ष जेनिशा खड्का सहित २१ जना अनेरास्ववियू क्रान्तिकारीमा प्रवेश गरेको अध्यक्ष रावलले जानकारी दिनुभयो । विद्यालय जाऔं कार्यक्रम अन्तर्गत नै ५ नम्बर वडाको विद्या विकास मावि पनि संगठन बिस्तार गरिएको छ ।
मोहन ओलीको अध्यक्षतामा ९९ सदस्यीय संगठन निर्माण गरिएको हो । जसको उपाध्यक्ष यमप्रकाश महर भावना डाँगी पवित्रा डाँगी, सचिव कमल महर सहसचिव टीका डाँगी मोहन सुनार, प्रतिभा डाँगी र कोषाध्यक्षमा पुजा विक रहेका छन् । यहाको इन्चार्जमा दिनेश महरलाई तोकिएको छ । आजबाट सुरु भएको कार्यक्रम गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयमा १ वटा क्याम्पस र २ वटा प्राबिधिक शिक्षालयमा संगठन निर्माण गर्ने कार्यक्रम रहेको अध्यक्ष रावलले बताउनुभयो ।
विद्यालय जाऔं अभियान कार्यक्रम अनेरास्ववियू क्रान्तिकारीका प्रदेश सदस्य तथा त्रिवेणी गाउँपालिका इन्चार्ज भिमाद बुढाथोकी अनेरास्ववियू क्रान्तिकारीका प्रदेश सदस्य निर्मला बुढाथोकी जिल्ला सदस्य पवित्रा घर्ती मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिका कोषाध्यक्ष केशरमान ओलीले गर्नुभएको थियो ।