नेकपा एकिकृत समाजबादी रुकुम पश्चिमको ‘जनताको माझमा जाउँ, एकिकृत समाजबादीलाई जिताउ’ भन्ने अभियान अन्तरगत बिभिन्न ठाउँमा कार्यक्रम भएका छन् । सानीभेरी गाउँपालिका कमिटिको बैठक सम्पन्न भएको छ भने मसीकोट वडा नम्बर ११ को बैठक तथा कार्यालय स्थापनाको कार्यक्रम भएको छ ।
पार्टीका सानीभेरी पालिका कमिटिको बैठकले स्थानीयतहमा नेकपा एसका उम्मेदारलाई जिताउन बिभिन्न अभियान गर्ने निर्णय गरेको छ । संगठन विस्तार गर्ने, जनभेटघाट कार्यक्रम गर्ने, जनताका गुनासा सुन्ने लगायत काम गर्ने नेकपा एस सानीभेरी गाउँपालिका कमिटिले जनाएको छ ।
बैठकमा नेकपा एसका पुलिटव्यरो सदस्य तथा कर्णाली प्रदेशका सह–ईञ्चार्ज शेरबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष विमलकुमार पुन, केन्द्रिय प्रतिनिधि परिषद सदस्य चन्द्रबहादुर विक, केन्द्रिय प्रतिनिधि परिषद सदस्य चन्द्र नकाल लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै चुनावि अभियान अन्तरगत मुसीकोट नगरपालिका वडा नम्बर ११ मा पनि वडा कमिटिको विस्तारित बैठक बसेको छ । जिल्ला अध्यक्ष विमलकुमार पुनको प्रमुख आतिथ्यतामा बैठक वसेको हो । बैठकले जनभेटघाट कार्यक्रमलाई व्यापक वनाउने निर्णय गरेको छ । त्यस्तै स्थानीयतहको चुनावमा नेकपा एसका उम्मेदारलाई जिताउन घरदैलो अभियान गर्ने निर्णय भएको छ । त्यस्तै पाटीको वडाको कार्यालय पनि स्थापना गरिएको छ ।।