Kakhara सबैको खबर सम्पूर्ण खबर
तेक्वान्दो र कराँतेका खेलकुद सामग्री प्रदान

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले खेलकुद सामग्री प्रदान गरेको छ । सदरमुकाम खलंगाका दुई डोजाङलाई आवश्यक सामग्री प्रदान गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले तेक्वान्दो र कराँतेका एक÷एक डोजाङलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला तेक्वान्दो संघका अध्यक्ष भद्र खड्का र तेक्वान्दो खेलाडी तथा कराँते संघका जिल्ला अध्यक्ष चुडामणी पुन र खेलाडीलाई सयुंक्त रुपमा सामग्री प्रदान गरिएको गरिएको हो । तेक्वान्दो खेलाडीका लागि डेह गार्ड ६ वटा, चेष्ट गार्ड ६ वटा, किक गार्ड ६ वटा र ग्वाइन गार्ड ६ वटा प्रदान गरिएको छ । कराँतेतर्फ प्याड, ग्वलवस, सिन गार्ड र गौरी गार्ड प्रदान गरिएको हो । 

खेलकुद सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले समग्र क्षेत्रको विकासका लागि राज्य बलियो हुनुपर्ने बताउनुभयो । त्यसका लागि सबै सचेत हुनुपर्ने भनाई उहाँको छ । खेलाडीले गरेको माग सम्बोधनका लागि पहल गर्ने भन्दै प्रमुख शर्माले हालसम्म गरिएका खेल क्षेत्रसँग सम्बन्धित विकासलाई थप बढाउनेतर्फ ध्यान दिइएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जिल्लाका सबै कराँते तथा तेक्वान्दो डोजाङको साथमा अन्य खेलका सामग्री पनि प्रदान गर्ने बताउनुभयो । शैलेश शर्माको अध्यक्षता रहेको कार्यक्रममा तेक्वान्दो संघका अध्यक्ष खड्का र कराँते संघका अध्यक्ष पुनले खेलाडीले व्यहोर्नु परिरहेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छवि केसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update