हतियार बुझाउन प्रशासनको आग्रह
बुझाइएका हतियार निर्वाचनपछि फिर्ता गरिने ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले हात हतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी इजाजत प्राप्त हतियारहरु नजिकको प्रहरी इकाइ तथा प्रशासन समक्ष बुझाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जारी गर्नुभएको सूचनामा आसन्न स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाउन इजाजत प्राप्त हतियार राखेका हतियार धनीलाई आग्रह गरिएको छ ।
यही चैत्र मसान्तभित्र हतियार बुझाइ सक्न आग्रह गरिएको सूचनामा निर्वाचन सकिएपछि ति हतियार सम्बन्धित हतियार धनिलाई फिर्ता गरिने प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ २०:१९
प्रतिक्रिया दिनुहोस्