Kakhara सबैको खबर सम्पूर्ण खबर
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि लिमिटेडले उहाँको मृत्यु दावी भुक्तानी गरिदिएको हो । उपचारका क्रममा निधन हुनु भएका दाहालकी छोरी करिष्मा दाहाललाई ५ लाख ५० हजारको चेक प्रदान गरिएको लिमिटेडकी मुसीकोट शाखा प्रमुख व्युझना पुन देवकोटाले जानकारी दिनुभयो ।

५ लाख रुपैयाँका जीवन गरेका दाहालले दुई किस्ता रकम तिर्नु भएको थयो । आफू रहदा आर्थिक बचत, मुनाफा, जीवन सुरक्षा हुने र आफू नहरदा आश्रित परिवारको भविश्यमा सहयोग पुग्ने गरी बीमा गर्नु भएका दाहालको मृत्युपछि परिवारलाई उक्त दावी भुक्तानी गरिएको प्रमुख देवकोटाले बताउनुभयो ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकला पुन, युवासँग महालक्ष्मी बीमा जागर राष्ट्रिय अभियानकी केन्द्रीय सदस्य लक्ष्मी केसी, जिल्ला सदस्य नविनप्रसाद शर्माको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन व्युझना पुनले गर्नुभएको थियो । कार्यक्रममा देवकोटाले बीमा र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । 


 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update