Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू क्रान्तिकारी त्रिवेणीको विद्यालय जाऔं अभियान जारी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका  अनेरास्ववियू क्रान्तिकारीको विद्यालय जाऔं अभियान अन्तरगत आज दुई  विद्यालयमा संगठन बिस्तार गरिएको छ ।  आइतबार सुरु भएको यो अभियान अन्तरगत सोमबार संगठनले दुई  वटा विद्यालयमा संगठन विस्तार गरेको छ ।  

४ नम्बर वडाको अन्धनाशक माध्यामिक विद्यालय खुम्चेरी र ६ नम्बर वडाको जनशक्ति माध्यामिक विद्यालय विताडाँडामा संगठन विस्तार गरिएको अनेरास्ववियू क्रान्तिकारी त्रिवेणीका अध्यक्ष तथा अभियानका संयोजक दिपककुमार रावलले जानकारी दिनुभयो ।

अध्यक्ष रावलका अनुसार अन्धनाशक मावि खुम्चेरीमा लक्ष्मी खड्काको अध्यक्षतामा ८९ सदस्यीय संगठन निर्माण गरिएको छ । जसको उपाध्यक्ष प्रमिला खड्का तुलषा सुनार, पुष्पा विक, सचिवमा चन्दप्रकाश केसी, सह सचिवमा प्रमादेव खड्का, प्रतिक्षा खड्का र कोषाध्यक्षमा कशक बुढाथोकी चयन भएका छन् ।

संगठनको इन्चार्जमा  रमा वाँठा र सह इन्चार्जमा सुदर्शन ओलीलाई  तोकिएको छ । तेस्तै त्रिवेणी ६ को जनशक्ति मावि विताडाँडामा सुजन घर्ती मगरको अध्यक्षतामा ८३ सदस्यीय संगठन निर्माण गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो ।

विताडाँडाको उपाध्यक्षमा  अन्जना विक, इक्षुक पुन, मनिषा परियार, सचिवमा रेजिना शेर्पाइली, सह सचिवमा एलिना केसी, पूर्णिमा विक, अनिल पुन र कोषाध्यक्षमा कशम पुन रहेका छन् । सो विद्यालयमा गठनभएको संगठनको इन्चार्जमा नारायण पुनलाई तोकिएको छ ।

विद्यालय जाऔं अभियान अन्तरगतको संगठन विस्तार अभियानमा संगठनका कर्णाली प्रदेश सदस्य तथा पालिका इन्चार्ज भिमदत्त बुढाथोकी, प्रदेश सदस्य निर्मला बुढाथोकी, जिल्ला सदस्य पवित्रा घर्ती, पालिका कोषाध्यक्ष केशरमान ओलीको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन पालिक सचिव अर्जुन खड्काले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update