एमाले निकट अनेमसंघको अध्यक्षमा मल्ल
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनले नयाँ जिल्ला कमिटि चयन गरेको छ । मदन आश्रीत स्मृती भवन बागवजारमा भएको अनेमसंघको नवौ जिल्ला अधिवेशनबाट तुलषा मल्लको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि निर्माण गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा कृष्णाकुमारी मल्ल र विमला शाह, सचिवमा भद्राकुमारी खडका, सहसचिव लक्ष्मी बिष्ट तथा कोषाध्यक्ष देउमी पौडेल रहेका छन् । अधिवेशनको उद्घाटन अनेमसंघ केन्द्रिय सदस्य डण्डी कार्की र हिरा शर्माले गर्नुभएको थियो । त्यस्तै अधिवेशनमा नेकपा एमाले केन्द्रिय परिषद सदस्य गोविन्द केसी, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, कर्णाली प्रदेश कमिटि सदस्य नारायण कुमार शाह लगायतको आतिथ्यता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८ १५:४५
प्रतिक्रिया दिनुहोस्