नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुह रुकुम पश्चिमले प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । जिल्ला सदरमुकाम खलंगा, सेरीगाउँ स्थित सहिद स्मृति सभा हलमा जिल्ला स्तरीय प्रशिक्षण भेला आयोजना गरेको हो । पछिल्लो राजनितिक घटना क्रमका बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि पार्टीले यो कार्यक्रम आयोजना गरेको जनाएको छ । भेलामा संसद विघठनका विरुद्ध आगामि संघर्षका कदमहरुका बारेमा समेत छलफल भएको थियो ।
भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्जार्च जनार्दन शर्मा प्रभाकर, सह इन्चार्ज प्रकाश ज्वाला, सह इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश सचिव मायाप्रसाद शर्मा, लगायतका नेताहरुले संवोधन गर्नुभएको थियो । भेलामा जिल्ला कमिटि सदस्यहरु, गाउँपालिका, नगरपालिका सदस्यहरु, जनवर्गिय संगठनका जिल्ला सदस्यहरु सहभागि भएको पार्टीका जिल्ला सचिव विमलकुमार पुन मगरले जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै जिल्ला स्तरीय भेला प्रशिक्षण आयोजना गरिएको सचिव पुनले बताउनुभयो । जिल्ला अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको हो ।