Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेस बाँफिकोट २ को प्रशिक्षण कार्यक्रम
कार्यालय उद्घाटनको फाइल फाेटाे ।

नेपाली कांग्रेस रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस २ नम्बर वडाले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । पार्टीको ससामयीक विषय र पार्टीका भाबहरु र आगामी चुनावमा कसरी बिजेता बन्ने  लगायतका विषयमा नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सभापति जनककुमार बाँठा, नेपाल दलित संघ पालिका सभापति दत्तबहादुर विक, नेपाली कांग्रेस क्षेत्रीय  कमिटी सदस्य न जित बस्नेतले प्रशिक्षण दिनु भएको थियो ।

२ नम्बर वडाका सभापति प्रकाश खत्रीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा कांग्रेस बाँफिकोट गाउँपालिका नन्दराम केसी, महिला संघ पालिका सभापति नन्दा केसी नाथ,  बाँफिकोट गाउँपालिका १ नम्बर वडा सभापति धनबहादुर मल्ल, लगायतको आतिथ्यता रहेको प्रशिक्षण कार्यक्रमको सञ्चालन वडा सचिव गणेश केसीले  गर्नुभएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update