रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अनेरास्ववियू क्रान्तिकारीको विद्यालय जाऔं अभियान अन्तरगत आज ३ वटा विद्यालयमा संगठन विस्तार गरिएको छ । आइतबार सुरु भएको यो अभियान अन्तरगत मंगलबार संगठनले ३ विद्यालयमा संगठन विस्तार गरेको हो ।
७ नम्बर वडाको साधारण मावी मुरुडाँडा, ९ नम्बर वडाको हिमालय मावि नुवाकोटडाँडा र १० नम्बर वडाको बालकल्याण मावि टोट्केमा संगठन विस्तार गरिएको अनेरास्ववियू क्रान्तिकारी त्रिवेणीका अध्यक्ष तथा अभियानका संयोजक दिपककुमार रावलले जानकारी दिनुभयो । अध्यक्ष रावलका अनुसार साधारण मावि मुरुडाँडामा प्रेम विकको अध्यक्षतामा ६१ सदस्यीय संगठन निर्माण गरिएको छ ।
जसको उपाध्यक्ष भुवन डाँगी, रेखा पुन, संगिता महर सचिवमा भावना खड्का, सह सचिवमा भूमिका सेर्पाइली, टिकाजङ ओली, रिमबहादुर विक र कोषाध्यक्षमा सुवास विक चयन भएका छन् । संगठनको इन्चार्जमा प्रकाश महर र सह इन्चार्जमा यशिधा ओलीलाई तोकिएको छ ।
त्रिवेणी ९ हिमालय मावि नुवाकोटडाँडामा भिमप्रकाश पुनको अध्यक्षतामा १ सय ३ सदस्यीय संगठन निर्माण गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो । उपाध्यक्षमा यमुना रावल, मुना सुनार, हरि कसेरा सचिव राधिका पुन सह सचिवमा कुमार डाँगी यमराज सुनार, भूपेन्द्र विक र कोषाध्यक्षमा दिवश केसी चयन भएका छन् । सो विद्यालयमा संगठनको इन्चार्जमा पवन सुनार सह इन्चार्ज जनक कसेरालाई तोकिएको छ । अनेरास्ववियू क्रान्तिकारीको पालिका सदस्यमा झलक डाँगीलाई मनोनित गरिएको छ ।
तेस्तै बाल कल्याण मावि टोट्केमा पनि आजै संगठन बिस्तार गरिएको छ । कमल ओलीको अध्यक्षतामा ८९ सदस्यीय संगठन बिस्तार गरिएको छ । जसको उपाध्यक्ष अमर पुन, सृष्टि पुन, सविना खड्का, सचिव लिला विक सह सचिव शसिराम ओली र कोषाध्यक्ष लिला ओली चयन भएका छन । संगठनको इन्चार्जमा नारायण पुन र सह इन्चार्जमा राजिव ओली लाई तोकिएको छ ।
विद्यालय जाऔं अभियान अन्तरगतको संगठन विस्तार अभियानमामा कर्णाली प्रदेश सदस्य तथा पालिका इन्चार्ज भिमदत्त बुढाथोकी, प्रदेश सदस्य निर्मला बुढाथोकी, जिल्ला सदस्य पवित्रा घर्ती, पालिका कोषाध्यक्ष केशरमान ओली, सचिव अर्जुन खड्का विद्यार्थी संगठनका पूर्व पालिका सदस्य कृष्णबहादुर ओली, नेकपा माओवादी केन्द्रका ९ नम्बर वडा अध्यक्ष पदमबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।