Kakhara सबैको खबर सम्पूर्ण खबर
तरुण दल चौरजहारी अध्यक्षमा हुकुम ओली
नव निर्वाचित अध्यक्ष हुकुम ओली लगायत तरुण दलका नेताहरु ।

नेपाली कांग्रेस निकट नेपाल तरुण दल चौरजहारी नगरपालिका रुकुम पश्चिमको नयाँ कार्य समिति चयन भएको छ । दोस्रो नगर अधिवेशनले हुकुम ओलीको अध्यक्षतामा १ सय ५१ सदस्यीय तरुण दलको नगर कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डिल्ली खत्री, रामकुमार चन्द, इन्द्र गिरी, सचिव सन्तोष मल्ल, नारायण बुढा, सह सचिवमा शशिराम विक, सञ्जय मल्ल, भरत केसी र कोषाध्यक्षमा इन्द्रबहादुर डाँगी चयन भएका छन् ।

दुई दिनसम्म चलेको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री गोपाल जिजंग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली लगायतका नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट तरुण तर्फको निर्वाचन परिचालन समिति पनि बनाइएको बताइएको छ । अधिवेशन उद्घाटनमा विभिन्न दल त्यागेर १२ जनाले कांग्रेस प्रवेश गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update