रुकुम पश्चिमको प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक डिएसपी विष्णुप्रसाद सोतीले पत्रकारसँग अन्तरक्रिया गर्नुभएको छ । सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आउनुभएका डिएसपी सोतीले सुरक्षासँग सम्बन्धित विषयमा पत्रकारसँग छलफल गर्नुभएको हो । कुनै समस्या आएमा समस्याको हल गर्न सरकारी संघ संस्था राजनीतिक दल पत्रकार सबै मिलेर गर्नुपर्ने डिएसपी सोतीको जोड छ ।
समन्वय र सहकार्यका लागि कुनै कन्जुस्याँई नगर्ने भन्दै डिएसपी सोतीले नेपाल प्रहरीको काम शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध अनुसन्धान गर्ने भएकाले यो कार्यमा आफू दृढतापूर्वक लाग्ने बताउनुभयो । जिल्लाको समग्र अवस्था तथा ट्राफिक व्यवस्थापनका सन्दर्भमा योजना बनाएर लाग्ने उहाँको भनाई छ ।
अन्तरक्रिया तथा छलफलमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बजार भएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको गुनासो आएकाले अब छिट्टै बजार अनुगमन गर्ने बताउनुभयो । विकास निर्माणका कामहरु समयमै गर्न र ढिला सुस्ती नगर्न पनि निर्माण समितिहरुलाई बेला बेला निर्देशन दिइराखेको प्रजिअ घिमिरेले बताउनुभयो ।