रुकुम पश्चिममा पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी गरिएको छ । सदरमुकाम खलंगा स्थित कालिकास्थान देखि सुरु भएको प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन, जिल्ला प्रहरी, मुख्य बजार, पुष्पलालचौक हुँदै कालिकास्थान पुगेर कार्यक्रममा परिनत भएको थियो ।
नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य कार्यक्रम आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पत्रकार संघ, संगठनका पदाधिकारी सदस्यहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । महासंघका सचिव हिरा परियारको सञ्चालनमा कार्यक्रम आयोजना भएको हो ।