रुकुम पूर्व को सिस्ने गाउँपालिका वडा नम्बर ६ मा भलिबल प्रतियोगिता हुने भएको छ । कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा चैत १८ गतेबाट खुल्ला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबलको साथै नृत्य प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ६० हजार र तेस्रो हुने टिमले नगद ४० हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
यस्तै प्रतियोगितामा सान्त्वना हुने टिमलाई पनि नगद २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र व्यवस्थापन गरिएको छ । यस्तै महिला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद ५१ दोस्रोले ३१ र तेस्रोले २१ हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिता सान्त्वना हुने टिमले नगद ११ हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउने कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द सचिव देवबहादुर हमालले जानकारी दिनुभयो । यस्तै नृत्य तर्फ प्रथम हुनेलाई नगद आठ हजार दोस्रो लाई पाँच र तेस्रो लाई तीन हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिने छ ।
साथै प्रतियोगिता प्रदर्शन गरेको खेलको आधारमा उत्कृष्ट खेलाडी, बेष्ट स्पाइक,बेष्ट ब्लक छनोट गरिने सचिव हमाल जानकारी दिनु भयो । उक्त विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई कपको पनि व्यवस्थापन गरिएको छ ।