रुकुम पश्चिममा आयोजित सर्वाधिक पुरस्कार राशिको व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मुसीकोट नगरपालिका वडा नम्वर १ को बराहटाकुरा कर्वडलहमा आयोजित प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिता १३ गते देखि सुरु भएको थियो । प्रतियोगितामा सुजन थापा र राजु थापाको जोडि प्रथम भएको छ ।
फाइनल खेलमा विनोद र शिव थापाको जोडिलाई पराजित गर्दै सुजन र राजुको जोडि प्रथम भएको हो । प्रथम भएको सुजन र राजुको जोडिले नगद १ लाख सहित मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दोस्रो हुने विनोद र शिवको जोडिले ५० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको हो ।
त्यस्तै सेमिफाइनलमा पुग्ने भानु विक र मदन विसी तथा हिमान्सु मगर र सुनिल ओलीको जोडिले २०/२० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उत्कृष्ट खेलाडी विशाल विष्ट हुनुभएको छ । उहाँलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उदयमान खेलाडीमा सिदार्थ केसीलाई घोषणा गरिएको छ । रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्रको आयोजना र जिल्ला भलिवल संघको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा २० जोडीले प्रतिस्प्रधा गरेको रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । प्रतियोगितामा रुपन्देही, दाङ, नेपालगञ्ज, जाजरकोट, सुर्खेत, रुकुम पूर्व लगायतका खेलाडीले सहभागिता जनाएका थिए ।