Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एमाले रुकुम पूर्वमा ९ सदस्यीय सचिवालय गठन
आठौं अधिवेशन पछिको पहिलो बैठक ।

नेकपा एमाले रुकुम पूर्वले ९ सदस्यीय सचिवालय गठन गरेको छ । आठौं अधिवेशन पछिको पहिलो बैठकले सचिवालय गठन लगायतका निर्णय गरेको हो । अध्यक्ष टोपबहादुर ओली, उपाध्यक्ष दामप्रसाद श्रेष्ठ, सचिव गोपाल रेउले, तेजेन्द्र बुढा र भावना विसी सचिवालयमा पर्नु भएको छ ।

यसैगरी भरतकुमार पुन, हरिहर पौडेल, मोहनभक्त बुढा र कमानसिङ डाँगी सदस्य रहेको सचिवालय गठन गरिएको सचिव गोपाल रेउलेले जानकारी दिनुभयो । सचिव रेउलेका अनुसार ३१ वटै वडा इन्चार्ज र तीन वटा पालिका इन्चार्ज पनि बैठकले तोकेको छ ।

सिस्नेमा रञ्जित नेपाली, भूमेमा दामप्रसाद श्रेष्ठ र पुथाउत्तरगंगा गाउँपालिकाको इन्चार्जको जिम्मेवारी ज्योतीमान गुरुङलाई तोकिएको छ । बैठकले टोपबहादुर मल्लको संयोजकत्वमा ५१ सदस्य जिल्ला सल्लाहकार, चेताराम उपाध्यायको संयोजकत्वमा १५ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । नव निर्वाचत जिल्ला कमिटिलाई पोलिटव्युरो सदस्य खेममान खड्काले सपथ ग्रहण समेत गराउनुभएको थियो ।

बैठकले स्थानीय तहको निर्वाचनका लागि चैत्र मसान्त भित्रै उम्मेदवार सिफारिस गर्न सबै वडा तथा पालिकालाई अनुरोध समेत गरेको छ । बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य नन्दलाल शर्मा, निर्माण बुढा, प्रदेश सदस्य बलबहादुर केसी, बागलाल बुढा, पशुपति खड्का, कैलाश मल्ल लगायतको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update