Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका यी विद्यालय छानिए पढ्दै कमाउँदै कार्यक्रममा
माछा पालनका लागि छनौट भएको हिमालय मावि खोलागाउँ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि रुकुम पश्चिमका ५ विद्यालय छनौट भएका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी र त्रिवेणि गाउँपालिकाका १/१ विद्यालय यो कार्यक्रममा छनौट भएका हुन् ।

मुसीकोट नगरपालिका १३ र १४ नम्बर वडाको प्रभात मावि दोपाई कृषि र पशुपालनमा छनौट भएको छ । चौरजहारी नगरपालिका ११ नम्बर वडाको हिमालय मावि खोलागाउँ माछा पालनका लागि छनौट भएको छ । आठबीसकोट नगरपालिका ४ गोतामकोटको ज्ञानोदय मावि, सानीभेरी गाउँपालिका ९ को राप्ती ज्ञानोदय मावि सिम्ली र त्रिवेणि गाउँपालिका ८ नम्बर वडाको जनप्रिय मावि कृषि र पशुपालनको छनौट भएको छ ।

जिल्लाका विभिन्न २२ विद्यालय छनौट गरेर कार्यक्रम स्वीकृतका लागि पठाइएको थियो । तर ५ वटा विद्यालयको प्रस्ताव मात्रै स्वीकृत भएको छ । छनौट भएका विद्यालयका ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुले आफै अभ्यास पनि गरेर, साथमा पढेर पनि आम्दानी गर्नेछन् । त्यसका लागि यो कार्यक्रमले सघाउने शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update