Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली कांग्रेसको जिल्ला स्तरीय भेटघाट तथा प्रशिक्षण कार्यक्रम

रुकुम पूर्व को सिस्ने गाउँपालिका अन्तर्गत ८ नम्बर वडामा भएको छ । नेपाली कांग्रेस ८ नम्बर वडाले आयोजना गरेको भेटघाट तथा प्रशिक्षण कार्यक्रम वडाका धपे भएको हो ।

पार्टीको धारणा, सिद्धान्त, भाबका साथै आगामी चुनावमा बिपक्षलाई प्रतिकार गरी संग्रह जिल्लामा नेपाली कांग्रेसले कसरी चुनाव जित्न सकिन्छ लगायतका विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पञ्चबहादुर बुढा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम पूर्व का उप सभापति भीमबहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला कार्य समिति तथा कार्य सचिब बुढा लगायतले प्रशिक्षण दिनुभएको थियो ।

नेपाली कांग्रेस तीन भागमा बिभाजन भएर जिल्लाको सबै स्थानीय तहहरूमा कार्यक्रम गरिरहेको जिल्ला कार्य समिति सदस्य तथा जिल्ला कार्य सचिब बुढाले जानकारी दिनु भयो । उहाँ का अनुसार मंगलबार ७ नम्बर वडाको सिस्नेरी मा गरेको कार्यक्रम आज ८ नम्बर र बिहिबार ३ नम्बर वडाको पोखरा गर्ने बताईएको छ । वडा पार्टी सभापति बिस्नु मल्लको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव गणेश बुढाले गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update