Kakhara सबैको खबर सम्पूर्ण खबर
जनप्रिय माविमा अनेरास्ववियू क्रान्तिकारीको संगठन निर्माण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र  निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले त्रिवेणी गाउँपालिका वडा नम्बर ८ को जनप्रिय माद्यामिक  विद्यालय पेउघामा विद्यार्थी संगठन विस्तार गरेको छ । ।

संगठनले निमावि र मावि गरी दुई वटा संगठन बिस्तार गरेको संगठनका त्रिवेणी गाउँपालिका अध्यक्ष दिपककुमार रावलले जानकारी दिनुभयो । रावलका अनुसार जनप्रिय  निमाविमा  लक्ष्मी विकको अध्यक्षतामा ७७ सदस्यीय विद्यार्थी संगठन बिस्तार गरिएको छ ।

जसको उपाध्यक्ष बिरेन्द्र खड्का, सचिव राजन खड्का, सह सचिव खम्बु विक, कोषाध्यक्षमा निशा रावललाई  चयन गरिएको छ । सोही विद्यालयको  मावि तहमा तेजकुमारी खड्काको अध्यक्षतामा ८५ सदस्यीय  संगठन बिस्तार गरिएको छ ।

जसको  उपाध्यक्ष उषा खड्का  चित्रकला परियार, सुनिल खड्का, प्रेमा परियार, सचिवमा बिरेन्द्र खड्का  सहसचिवमा कोपिला परियार, पविता रावल, बिरेन्द्र खड्का, दिपा विक र कोषाध्यक्षमा प्रकाश ओली  रहेका छन  । संगठनको इन्चार्जमा करिष्मा परियार र सह इन्चार्जमा प्रकाश खड्कालाई तोकिएको  संगठनका अध्यक्ष रावलले बताउनुभयो ।

संगठन बिस्तार कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा नम्बर ८ का इन्चार्ज लक्ष्मण विक अध्यक्ष डम्मर खड्का अनेरास्ववियू क्रान्तिकारीका प्रदेश सदस्य तथा पालिका इन्चार्ज भिमदत्त बुढाथोकी  प्रदेश सदस्य निर्मला बुढाथोकी जिल्ला सदस्य पवित्रा घर्ती पालिका कोषाध्यक्ष केशरमान ओली अनेरास्ववियूका पुर्ब पालिका सदस्य कृष्णबहादुर ओलीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिका सचिव अर्जुन खड्काले  गर्नुभएको  थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update