Kakhara सबैको खबर सम्पूर्ण खबर
जनता मावि पोखरामा अनेरास्ववियू क्रान्तिकारी

अनेरास्ववियु क्रान्तिकारी रुकुम पूर्वले सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता मावि  पोखरा संचालित प्राविधिक धार ओभरसियर इन्जिनियरको समिति निर्माण गरिएको छ । आज भएको विद्यार्थीको भेलाबाट इन्द्रजीत खत्री को अध्यक्षतामा ३५ सदस्य समिति  गठन गरिएको हो । जस्को उपाध्यक्षमा नविना मल्ल, ध्रुव ओली, सपना चन्द रहेका छन् ।

त्यस्तै सचिवमा संगित लामिछाने, सह सचिव शरल विक, कोषाध्यक्षमा करिष्मा बुढालाई चयन गरिएको छ । सिस्ने गाउँ समिति सदस्य अरुण खड्काको अध्यक्षतामा सुरु भएको भेलामा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रेबन खड्का, अनेरास्ववियू क्रान्तिकारी जिल्ला सदस्य तथा सिस्ने गाउँपालिका सह संयोजक अम्मर खत्री माओवादी केन्द्र सिस्ने ३ का सह सचिव मिलन बुढा लगायको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update