निर्वाचन चिन्ह अंकित सामग्री प्रयोग नगर्न अनुरोध
आगामि बैशाखमा हुने स्थानीयतहको चुनावको प्रचारमा राजनिति दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित पहिरन, स्टीकर, लोगो, झोला, व्याज, ट्याटु जस्ता सांकेतिक सामग्री प्रयोग गर्न नपाईने भएको छ । निर्वाचन आचार संहिता विपरित त्यस्ता सामाग्रि प्रयोग गर्न नपाइने भएको हो ।
आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सुचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो, व्यवस्थित र विस्वश्निय वनाउन निर्वाचन आचार संहिता २०७८ को दफा ४ (घ) को व्यवस्था अनुसार त्यस्ता सामग्री प्रयोग नगर्न भनेको छ । राजनिति दर र उम्मेदावारको चिर्वाचन चिन्ह बिभिन्न पहिरण उत्पादन, बिक्रि वितरण तथा प्रयोग नर्गन प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ २०:४२
प्रतिक्रिया दिनुहोस्